‘वाइवाइ’ नयाँ स्वादमा

  हिमाल समाचार
91 Shares

काठमाण्डौँ – नेपालमा सर्वाधिक बिक्री हुने ‘वाइवाइ’ चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाइवाइ एक सय ग्राम तौलको प्याकमा उपलब्ध छ ।

मूल्य भने ५० रुपैयाँ कायम गरिएको छ । यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । यो नयाँ उत्पादन पनि अन्य स्वादका चाउचाउ जसरी नै पकाउन सकिन्छ ।

वाइवाइ चाउचाउलाई प्याकेट खोलेर उम्लिरहेको पानीमा हाल्ने, ५ मिनेटसम्म पाक्न दिने, त्यसपछि प्याकेटमा भएका मसला स्वादहरू मिसाएर राम्ररी चलाउने गरेपछि आफ्नो रुचि अनुसारका अन्य साग सब्जी र माछा मासु पनि मिसाउन सकिन्छ ।

वाइवाइ चाउचाउ हाल २७ फरक स्वादमा उपलब्ध छ । अन्य नयाँ स्वाद पनि थपिँदै जाने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार