सोलुखुम्बुका ४ राजनैतिक दलले गरे राष्ट्रपतिको कदमको विरोध

सोलुखुम्बु – सोलुखुम्बुका प्रमुख ४ राजनैतिक दलले संसद विघठन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एमाले(नेपाल समुह) र जनता समाजबादि पार्टीले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै प्रधानमन्त्रि र राष्ट्रपति मिलेर वर्तमान ब्यवस्था बदल्न खोजेको आरोप लगाए...

एमाले स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। आइतवार साँझ ५ बजेका लागि बोलाएको बैठक आकस्मिक रुपमा स्थगित गरिएको हो। बालुवाटारमा बोलाइएको आइतवारको बैठक अब सोमवार विहान १० वजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। तयारी नपुगेको भन्दै भोलि बिहान सम्मका लागि स्थगित गरिएको उनको भनाई छ।...

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार स्थायी कमिटी बैठक बोलाएका छन्। ओलीले साँझ ५ बजे आफ्नो सरकारी निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। आइतबारको बैठकबाट पछिल्लो पटक ओलीले स्पष्टीकरण सोधेका माधवकुमार नेपाल पक्षक...

मध्यावधि निर्वाचनका लागि साढे ३५ अर्ब रुपैयाँ मात्र बजेट

काठमाडाैँ- सरकारले आगामी कात्तिक २६ गते र मंसिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका लागि साढे ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअघि निर्वाचन आयोगका अधिकारीहरुले समग्र रुपमा दुईवटा चुनाव सम्पन्न गर्न करिब ७० अर्ब रुपैयाँ लाग्ने विश्लेषण गरेका थिए । तर, सरकारले यसको आधा रकम मात्रै दुईवटा चुनावका लाग...

प्रदेश नम्बर १: प्रदेश सभामा बजेट प्रस्तुत गर्न प्रतिपक्षी दलकाे माग

काठमाडाैँ- प्रदेश नम्बर १ का प्रतिपक्षी दलले संविधानको मर्म, भावना र निर्देशनअनुसार प्रदेश सभामा बजेट प्रस्तुत गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेससहित ३ दलको संयुक्त टोलीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष आइतबार बिहान संविधानसम्मत ढङ्गले बजेट ल्याउन आग्रह गरेका हुन्। प्रदेश सरकारका आर्थिक मामिला तथा य...

पाँच दलकाे संयुक्त वक्तव्य: सर्वोच्च अदालतबाट न्याय प्राप्त हुनेमा विश्वस्त

काठमाडाैँ- विपक्षी गठबन्धनका पाँच दलले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट न्याय प्राप्त हुनेमा विश्वस्त रहेको जनाएका छन्। आइतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकपछि पाँच दलले संयुक्त वक्तव्य जारी गर्दै सर्वोच्चबाट न्याय प्राप्त हुने जनाएका हुन्। ...

खोप आपूर्तिको पहल: रुसी राष्ट्रपति पुटिनलाई गरियाे पत्राचार

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई पनि पत्राचार गरेकी छन् । राष्ट्रपति भण्डारीले पुटिनलाई नेपाललाई खोप खरिदको लागि सहजीकरण गरिदिनको लागि पत्र पठाएको परराष्ट्र मन्त्रालयका एक पदाधिकारीले जानकारी दिए । राष्ट्रपति कार्यालयले जेठ १४ गते ...

अध्यादेशमार्फत् पूर्ण बजेट: गठबन्धनका शीर्ष नेताकाे बैठक सुरू

काठमाडाैँ- कामचलाउ सरकारले अध्यादेशमार्फत् पूर्ण बजेट ल्याएपछि विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सर्वोच्च अदालतमा परेको रिटमाथि आजैदेखि बहस हुने विषयमा समेत छलफल हु...

प्रधानमन्त्री ओलीले के भने सम्बोधनमा ? ( पूर्ण पाठ)

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शुत्रवार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । आज सिंहदरबाट सम्बोधन गदै उनले विभिन्न उपलब्धी सुनाए । यस्‍तो छ सम्बोधनको पूर्ण पाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो ...

आर्थिक सर्वेक्षण सार्वजनिक, महामारीकाे सङ्कटबीच वित्तीय क्षेत्र सबल

काठमाडौं- महामारीबाट उत्पन्न आर्थिक संकटको बाबजुद पनि नेपालको मुद्रा स्थिति बाञ्चित सिमा भित्र रहेको, सुचाङ्क स्थिति तथा विनिमय सञ्चिति सुविधा जनक रहेको, वित्तिय क्षेत्र सवल रहेको शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । उनले सरकारले एक अर्ब तीन करोड २४ लाखभन्दा बढी ...