नेचासल्यान गाउँ शिक्षा ऐन संशोधनका लागि प्रतिवेदन बुझाइयो

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको गाउँ शिक्षा ऐन २०७५ संशोधनका लागि प्रतिवेदन बुझाइएको छ । ऐन संशोधनका लागि गठित समितिले सुझावसहित तयार पारेको प्रतिवेदन मंगलबार पालिका अध्यक्ष धनजन राईलाई बुझाएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए । यसअघि प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व प्रध्यानाध्यापक...

प्रारम्भिक बाल विकास तालिममा लिखुपिकेका १५ शिक्षक सहभागी

सोलुखुम्बु - स्थानीय पालिकाको समन्वयमा रीड नेपालले आयोजना गरेको प्रारम्भिक बाल विकास विषयक ५ दिने तालिममा लिखुपिके गाउँपालिकाका १५ जना शिक्षकले सहभागीता जनाएका छन् । चौलाखर्क स्थित हिमगंगा माध्यमिक विद्यालयमा मंगलबारदेखि सुरु तालिमको उद्घाटन पालिका अध्यक्ष मिना कार्कीले गरिन् । बाल विकास शिक्षकलाई अत्यावश्यक तालिम संच...

प्रचण्डले भने, शान्ति र क्रान्तिको नेतृत्व गरेँ अब सम्बृद्धिको नेतृत्व गर्छु

सोलुखुम्बु । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै ईतिहास कायम गरेको बताएका छन् । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरुको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनकै चरणमा रह...

‘सोलुको शैक्षिक विकासमा रीडको भुमिका अतुलनीय’

सोलुखुम्बु : सोलुखुम्बुको शैक्षिक विकासका लागि गैरसरकारी संस्था रीड नेपालको भुमिका अतुलनीय रहेको सरोकारवालाहरुले बताएका छन् । आईतबार सोलुदुधकुण्ड नगरपालिकामा ‘गत आर्थिक वर्ष सञ्चालित कार्यक्रमको समिक्षा तथा चालु आर्थिक वर्षको कार्यक्रमबारे जानकारी प्रदान’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो बताएका हुन् । ...

नेचासल्यानमा नतिजाको आधारमा विद्यालयलाई पुरस्कृत गरिने

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले विद्यालयको नतिजाको आधारमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिका अध्यक्ष धनजन राईले पालिकाले बार्षिक नतिजाको उत्कृष्टताको आधारमा विद्यालयलाई पुरस्कृत गर्ने बताए । भुमेश्वरी प्रस्तावित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राईले कार्यसम्पाद...

सोलुदुधकुण्डका १९ बालविकास शिक्षकलाई तालिम प्रदान

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका १९ जना बालविकास शिक्षकलाई तालिम प्रदान गरिएको छ । रीड नेपालको आयोजना तथा नगरको सहयोगमा चलेको ५ दिने तालिममा १९ विद्यालयका एक–एक जना बालविकास शिक्षकलाई प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थ...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : सोलुका २९ विद्यालय छनौट

सोलुखुम्बु : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सोलुखुम्बुका २९ वटा विद्यालय छनौट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिको भदौ २९ गतेको निर्णय अनुसार एक नगरपालिकासहित आठ स्थानिय तहका २९ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको छनौटमा परेका हुन् । सोलुदुधकुण्ड नगरपालिका...

सोलुदुधकुण्डमा बालविकास शिक्षक तालिम सुरु

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा ५ दिने प्रारम्भिक बालविकास तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा नगरको समन्वयमा सल्लेरी स्थित जनजागृति आधारभूत विद्यालयमा सुरु गरिएको तालिमको उद्घाटन उपमेयर गान्धिमाया तामाङले गरिन् । रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर शिक्...

सोताङ र महाकुलुङका २१ शिक्षकले लिए बाल विकास तालिम

यसअघि माप्य दुधकोशी, थुलुङ दुधकोशी गाउँपालिकाका बालविकास शिक्षकहरुलाई प्रारम्भिक बालविकास सम्बनिध तालिम प्रदान गरेको रीड नेपालले सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिकाका बालविकास शिक्षकलाई सोही प्रकृतिको तालिम प्रदान गरेको छ । सोताङ स्थित वीरेन्द्रज्योति माविमा ५ दिन चलेको तालिममा महाकुलुङ र सोताङका १६ विद्यालयका २१...

थुलुङ दुधकोशीका १५ बालविकास शिक्षकलाई तालिम

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका १३ विद्यालयका १५ जना बालविकास शिक्षकलाई तालिम प्रदान गरिएको छ । पालिकाको समन्वयमा रीड नेपालको आयोजनामा जारी ५ दिने प्रारम्भिक बालविकास सम्बन्धी शिक्षक तालिम आज समापन गरिएको छ । उपाध्यक्ष राईले बाल विकास शिक्षकहरुको भूमिका अन्य शिक्षकको तुलनामा बढि हुने भएकाले तालिमबाट सिकेका सीप...