माप्य दुधकोशीबाट ४ स्नुकर खेलाडी छनौट

  हिमाल समाचार
609 Shares

सोलुखुम्बुको सल्लेरीमा भदौ ११ देखि १४ सम्म आयोजना हुने जिल्लास्तरिय स्नुकर प्रतियोगीताका लागि माप्य दुधकोशी गाउँपालिकाका खेलाडी छनौट भएका छन् ।

स्टार यूथ क्लबको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धामा होमिएका १८ खेलाडीबाट अजय राई, मेखराज तामाङ, विकास राई र जीवन राई छनौट भएको क्लबका महासचिब सुन्दर तामाङ (विजय)ले जानकारी दिए ।

यसअघि सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान, थुलुङ दुधकोशी, महाकुलुङ र सोताङ गाउपालिकाबाट ४–४ जना खेलाडी छनौट गरिसकिएको छ । अब खुम्बु पासाङ ल्हामू गाउँपालिकामा मात्र खेलाडी छनौट गर्न बाँकी छ ।

बेस्ट अफ फाइब नकाउटको आधारमा हुने प्रतियोगिताका पहिलो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ, द्धितीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिनेछ भने तृतीय दुई टिमलाई २२ हजार २ सय २२ रुपैयाँको दरले पुरस्कार प्रदान गरिने आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार