कोपाका लागि मेस्सीकाे कप्तानीमा अर्जेन्टिनाको टिम घोषणा

  हिमाल समाचार
63 Shares

काठमाडौं- कप्तान लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका २०२१ का लागि राष्ट्रिय टिम घोषणा गरेको छ। अर्जेन्टिना फुटबल फेडेरेसन (एएफए) र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले शुक्रबार २८ सदस्यीय टिम घोषणा गरेको हुन्।

टोलीमा कप्तान मेस्सीसँगै सर्जियो अगुएरो र लुकास एलारियो छन्। यता, विंगर लुकास ओकम्पासले भने स्थान बनाउन सकेनन्। विश्वकप छनोटमा चिलीसँग १–१ गोलको बराबरी खेलेको खेलमा उनी शुरुआती रोजाइमा परेका थिए।

यस्तै, जुलिएन अल्भारेजलाई विकल्पमा राखिएको छ। चोटसँग जुधिरहेका लुकास एलारियोले पूर्ण ठीक नभएकाले उनलाई विकल्पमा राखिएकाे हाे।

कोपा अमेरिका आगामी शनिबार रातिबाट सुरु हुँदैछ। अर्जेन्टिनाले पहिलो खेल आगामी जुन १५ बिहान २:४५ मा चिलीसँग प्रतिस्पर्धा गर्दैछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार