सोलु प्रहरीले रक्तदान गरी सुत्केरीको ज्यान बचायो

सोलुखुम्बु, मंसिर १७ । सोलुखुम्बु प्रहरीले समयमै रक्तदान गर्दै सुत्केरी महिलाको ज्यान बचाएको छ। सोलु दुधकुण्ड नगरपालिका–३ लोदिङ निवासी ३५ वर्षीया छोटी शेर्पालाई सुत्केरी बेथा लागेपछि जिल्ला अस्पताल फाप्लुमा भर्ना गरिएको थियो। अप्रेसनपछि रक्तअभाव भएका कारण उहाँलाई O+ (पोजेटिभ) रक्तको तत्काल आवश्यकता पर्‍यो। संकटपूर...

खरिखोलामा अस्पताल र पोस्टमार्टम केन्द्र बनाउन मन्त्री पौडेलसँग वडाध्यक्ष शेर्पाको माग

सोलुखुम्बु, मंसिर १७ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष फुनुरु शेर्पाले खरिखोला क्षेत्रमा ५ शय्या अस्पताल र पोस्टमार्टम केन्द्रको स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई भेटेर कांग्रेस नेता समेत रहेका वडा अध्यक्ष शेर्पाले ध्या...

सोलुखुम्बुमा अपाङ्गता रोगथाम तथा पुनः स्थापना कार्यक्रम संचालन प्रकियाका लागि अन्तरक्रिया

सोलुखुम्बु, मंसिर ६ गते । हिमाली जिल्ला सोलुखुम्बुमा अपाङ्गता रोगथाम तथा पुनः स्थापना कार्यक्रम संचालन प्रकियाका लागि अन्तरक्रिया गरिएको छ । आज बिहिबार जिल्लाको सदरमुकाम सल्लेरी स्थित एक होटलमा करुणा नेपाल फाउण्डेशन नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । पालिका स्तरमा संचालन भइरहेको अपाङ्गता रोगथाम तथा पुन...

टाक्सिन्दु स्वास्थ्य शिविर : ८ सय ५० बढीले लिए सेवा

सोलुखुम्बु, कार्तिक १७ । सोलुखुम्बुको टाक्सिन्दुमा निशुल्क स्वास्थ्य शिविरमा ८ सय ५० बढीले लिए सेवा लिएका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा १५ गतेदेखी सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा ८ सय ५५ जनाले सेवा लिएका हुन् । तीन दिन चलेको आँखा, दाँत तथा हाडजोर्नी सम्बन्धी स्वास्थ्य शिविरमा ३ सय ८१ जन...

सर्जिकल आँखा केन्द्र फाप्लुका आँखा स्वास्थ्य कार्यकर्ता राईको बिदाइ

सोलुखुम्बु, कार्तिक ११ । तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र फाप्लु सोलुखुम्बुका आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईको बिदाइ गरिएको छ । एक दशक अघिदेखि आँखा केन्द्र फाप्लुमा कार्यरत राईलाई आज आइतबार एक कार्यक्रमका बिच मायाको चिनोसहित बिदाइ गरिएको हो । वि.स २०७१ सालदेखि कार्यरत्त राईले व्यवहारिक समस्याका कारण प...

सर्जिकल आँखा केन्द्र फाप्लुको सामाजिक लेखा परिक्षण : झण्डै ७८ हजारलाई नेत्र सेवा, २ हजार बढीको आँखा अप्रेसन

सोलुखुम्बु, कार्तिक ११ । तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र फाप्लु सोलुखुम्बुुले झण्डै ७८ हजार जनालाई नेत्र सेवा प्रदान गरेको छ । जिल्लामा सन् २००३ सालमा स्थापना भएको उक्त आँखा केन्द्रले हालसम्म ७७ हजार ९ सय ३३ जनालाई नेत्र सेवा प्रदान गरेको हो । आँखा केन्द्रले आज आइतबार कार्यालयमा आयोजना गरेको सामाजिक लेखा ...

थुलुङ दुधकोशी अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको थुलुङ दुधकोशी अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ । बिहीबार अस्पताल र बीमा बोर्ड बीच सेवा संन्चालन सम्बन्धि सम्झौता भएसंगै सेवा सुरु भएको हो । थुलुङ दुधकोशी अस्पताल र स्वास्थ्य बीमा बोर्ड बीच स्वास्थ बीमा सेवा सम्झौतामा गाउँपालिका अध्यक्ष असिम राई, स्वास्थ्य बीमा बोर्ड सोल...

सोलुमा अहिले पनि डेङ्गुका बिरामी देखिदै, नआत्तिन चिकित्सकको सुझाव

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पनि फाट्टफुट्ट डेंगुका बिरामी फेला परिरहेको अस्पतालले जनाएको छ । जिल्लामा चिसो मौसम सुरु भइसकेपछि डेंगु संक्रमणका बिरामी देखिरहेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । अस्पताल प्रमुख डा. प्रसान्त शाहका अनुसार केहि दिन अघि पनि एक जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । जिल्लाको सोता...

सोताङ गाउँपालिका अध्यक्ष बस्नेतले भेटे स्वस्थ्य मन्त्री पौडेल, भने-सोताङ अस्पताललाई सहयोग गर्नुस्

सोलु्खुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग भेट गर्नुभएको छ । उहाँले आज मन्त्रालयमै पुगेर स्वास्थ्य मन्त्री पौडेलसँग भेट गरि सोताङ अस्पताललाई सहयोग गर्न आग्रह गर्नुभयो । नवनियुक्त मन्त्री पौडेललाई बधाई तथा शुभकामना दिन मन्त्रालय पुग्नु...

नेपाल प्रहरीका राई र सल्लेरीका शेर्पाले बचाए किशोरीको ज्यान

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक हवल्दार पन्च बहादुर राई र सल्लेरीका दावा शेर्पाले रक्तदान गरि एक किशोरीका ज्यान बचाएका छन् । रगत अभावका कारण समस्यामा परेका सोलुदुधकुण्ड नगरपालिका–७ नाजिङकी १६ वर्षीया सुलोचना विश्वकर्मालाई राई र शेर्पाले आज शुक्रबार रगत दान गरि ज्यान बचाएका हुन् । ‘रक्तदा...