नाम्चे बजारमा १० बेडको आईसोलेसन निर्माण

खोपलाई प्राथमिकता

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ नाम्चे बजारमा १० बेडको आईसोसेलन निर्माण गरिएको छ । वडाअध्यक्ष छिरिङ पिन्जो शेर्पाको पहलमा एक्सन फर नेपालको सहयोगमा आईसोलेसन बेड संचालनमा ल्याईएको हो ।

आईसोलेसन निर्माणमा एक्सन फर नेपालबाट १० लाख भन्दा बढिको ३७ प्रकारका स्वास्थ्य सामाग्री प्राप्त भएको नाम्चे स्वास्थ्य चौकीका अहेव आङलाक्पा शेर्पाले जानकारी दिए । आईसोलेसन निर्माण संगै कोरोना संक्रमितको उपचारमा सहजता हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

खोपलाई प्राथमिकता
खुम्बु पासाङल्हामू ५ का सर्वसाधारणलाई कोरोना भाईरस विरुद्धको खोप लगाउने कार्यलाई प्राथमिकता दिईएको छ । हालसम्म २४० जेष्ठ नागरिकलाई खोप लगाई सकिएको छ ।

वडामा थप ७ सय खोप आउने क्रममा रहेकाले क्रमशः ५२ देखि ६५ र ४१ देखि ५० उमेर समूहका नागरिक खोप प्रदान गर्ने योजना रहेको वडामा ४ वडा खोप केन्द्रहरु छन् ।

स्वास्थ्यकर्मीको गुनासो
उच्च हिमाली क्षेत्रमा परिचालन हुने स्वास्थ्यकर्मीलाई खोप भत्ता कम भएको गुनासो गरेका छन् ।

नाम्चे स्वास्थ्य चौकीका अहेव शेर्पाले भने, ‘तराई र हिमालमा खट्ने स्वास्थ्यकर्मीलाई एउटै भत्ता हुनुले पिरोल्ने गरेको छ । दिनको ७ सय भत्ताले दैनिक खर्च धान्दैन् । एउटा खोप केन्द्रबाट अर्को पुग्न कम्तीमा पनि ४ घण्टा हिड्नुपर्छ । दैनिक खर्च नै एक हजार भन्दा माथि हुन्छ ।’उच्च हिमाली भेगमा खट्ने स्वास्थ्यकर्मीलाई खोप भत्ता बढाउनुपर्ने उनको माग छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार