मास्क लगाउन नसक्ने बालबालिकाहरुलाई संक्रमणबाट जोगाउनका लागि के गर्ने ?

  हिमाल समाचार
84 Shares

काठमाडाैँ- भारतीय बालचिकित्सा प्रतिष्ठानले २ वर्ष माथिका सबै बालबालिकाले अनिवार्य रुपमा काेराेना संत्रमणबाट जाेगाउन समास्क लगाउनुपर्ने सुझाव दिएको छ । मास्कको साटो फेस सिल्ड लगाउने भएमा पुरै अनुहार छोप्ने गरी लगाउनु पर्दछ । फेस सिल्डले अनुहारको दुबैपट्टि ढाकेको हुनुपर्दछ भने चिउँडो भन्दा तलसम्म आएको हुनुपर्दछ । फेस सिल्ड लगाउँदा त्यो फुटेर अनुहार तथा आँखा लगायतमा हुनसक्ने घाउचोटका विषयमा सचेत हुनु पर्दछ ।
-आफु, आफ्नो सानो शिशु तथा अन्य सन्तानहरुलाई अरु मानिसहरुभन्दा ६ फिट टाढै राख्नुहोस् । बालबालिकालाई घरमै राखेर आफु बाहिर निस्किनुपर्ने भएमा सकेसम्म छिटै घर फर्किनुहोस् ।

-आफ्नो सानो बच्चालाई लिएर सार्वजनिक ठाउँहरुमा जानुपर्ने भएमा बच्चा बोक्ने स्ट्रोलरलाई पातलो ब्लांकेटले छोप्ने गर्नुहोस्, तर बच्चालाई छोप्ने होइन ।
-आफ्नो बच्चालाई एक्लै नछाड्नुहोस्
-आफ्नो हात सधै सफा राख्ने । घर आउने बित्तिकै आफु तथा आफ्ना अन्य बच्चाको हात धुन नबिर्सिने । हात धोएर मात्रै शिशुलाई छुने।
-घरमा प्रायः छोइरहने सतहहरु दिनमा नियमित रुपमा डिसइनफेक्टेन्ट स्प्रे तथा वाइपरले सफा गरिरहने ।
-कुरा बुझ्ने उमेरका बालबालिकालाई हातले अनुहार छुने बानीलाई छाड्न लगाउने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार