‘पे फाइन अन द स्पोर्ट इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ लागू

  हिमाल समाचार
175 Shares

काठमाडौँ- ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै तिर्न सकिने भएको छ ।

प्रहरीले प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्था आजबाट लागू गरेको हो ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त सिस्टम लागू गरिएको ट्रफिक प्रहरीले जानकारी दिएको हो ।

वरिष्ठ प्रहरी उपनिरिक्षक जनक भट्टराईका अनुसार ट्राफिक प्रहरीले कारबाहीमा परेका सवारीचालकको अनुमतिपत्र र व्लुबुक नियन्त्रणमा लिएपनि तत्कालै जरिवाना तिरेपछि फिर्ता दिइने छ ।

कोरोना महामारी अझै रहेकाले यो सिस्टम प्रभावकारी हुने भट्टराईले बताए । अनलाइन वा क्युआरबाट कसैले फिल्डमा नै जरिवाना तिरे त्यतिखेरै इन्ट्री हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार