सिद्धदेवी आविको ६ कोठे भवनको उद्घाटन

  हिमाल समाचार
217 Shares

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ चिसापानीमा संचालित सिद्धदेवी आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

आर्थिक बर्ष २०७८–७९ मा पालिकाबाट विनियोजित ५४ लाखबाट निर्मित ६ कोठे पक्कि भवनको विहिबार एक कार्यक्रमका बीच पालिका अध्यक्ष निशान्त शर्माले उद्घाटन गरे । भवन सृजनशील कन्ट्रक्सनले निर्माण गरेको हो ।

भवन उद्घाटनपछि बोल्दै पालिका अध्यक्ष शर्माले शैक्षिक क्षेत्रको सवलिकरणको लागि पालिका योजनाबद्ध लागि परेको बताए । चाहे भौतिक होस्, चाहे शैक्षिक गुणस्तर अभिबृद्धिका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

पालिका उपाध्यक्ष सन्तोष बाबू थापाले शिक्षामा गुणस्तर कायम गर्न सदैव तयार रहेको दाबी गर्दै शिक्षक र विद्यार्थी सँगै अभिभावक उत्तिकै सक्रिय हुनुपर्ने बताए । प्रमुख प्रसासकिय अधिकृत लोकमनी खनालले शिक्षा नै सम्बृद्धिको पहिलो आधार भएकाले यसको विकासका लागि सरोकारवाला एक हुनुपर्ने बताए ।

चिसापानीक वडा अध्यक्ष नेत्र भट्टराईले वडाको तहबाट शिक्षासहित अन्य पक्षको विकासको लागि संवेदनशील रहेको दाबी गरे । व्यवस्थापन समिति अध्यक्ष योग्य बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

फोटो – धन कुमार ढुंगेल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार