देउसाका ७० बालकालिकालाई कुखुरा उपहार

  हिमाल समाचार
42 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसाले बालबालिकालाई कुखुरा वितरण गरेको छ । बालबालिकाको आयअर्जनमा टेवा पुर्याउने उदेश्यसहित प्रारम्भिक बाल विकास (इसीडी) कक्षाका ७० जना विद्यार्थीलाई कुखुरा वितरण गरेको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिए ।

उनका अनुसार वडाले विनियोजन गरेको लक्षित वर्गको बजेटबाट वडा भित्रका प्रति बालबालिका एउटाका दरले कोरली कुखुरा बितरण गरिएको हो । बालबालिकालाई विद्यालयमा नियमित गराउन, आयाअर्जनमा वृद्धि गरि बिचैमा कक्षा छोडने र समयमै भर्ना नहुने कार्य रोक्न उक्त कार्य गरेको वडा अध्यक्ष कार्कीले बताए ।

यस वर्ष कुखुरा लाने बालबालिकाले अर्को वर्ष नया भर्ना हुने बालबालिकालाई दिनुपर्ने नीति बनाइएको छ । अन्डाको लागि उपयुक्त हुनेजातको खुखुरा रहेको बताइएकाले प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

कुखुरा पाएपछि बालबालिका र अभिभावक हर्षित भएका छन । यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर वृद्धिकालागी थप मद्दत पुग्ने देउराली आधारभुत विद्यालायका प्रधानाध्यापक उत्तम घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार