सोलु च्याम संस्थाद्वारा सोलुदुधकुण्डका ४ सय ४५ विद्यार्थीलाई कापि र केहीलाई झोला वितरण

  हिमाल समाचार
147 Shares

सोलु च्याम नामक सामाजिक संस्थाले सोलुखुम्बुको सोलुदुधकुण्ड नपरपालिकाको विभिन्न विद्यालयका ४ सय ४५ जना विद्यार्थीलाई कापि र ६५ विद्यार्थीलाई झोला वितरण गरेको छ ।

विद्यार्थीको पठन पाठनमा सहज होस भन्ने हेतुले फ्रान्सेली दातृ निकाय सोलुच्यामले वडा नम्बर ११ तिंला र वडा नम्बर २ बेनीका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्री  हस्तान्तरण गरेको संस्थाका अध्यक्ष निमा शेर्पाले जानकारी दिनुभयो । तिंलाको बरबोट आविका ७२ जना, सिंहकाली माविका १३० जना, सिद्ध आविका १५ जना, चन्द्रज्योति आविका १३ जना, जलेश्वरी आ.वि.का ६५ जना, भिमसेनथान माविका १४० जना र वडा नम्बर २ को बेनी आ.वि.का १० जना विद्यार्थीलाई कापि वितरण गरिएको हो । संस्थाले लेखन सामाग्रीमा अभिभावको ब्ययभार घट्ने तथा विद्यार्थीलाई सहोग गर्ने उद्देश्यले प्रति विद्यार्थी १८ वटा कापि वितरण गरेको छ ।

समाजसेवि निमा शेर्पाको पहलमा यति धेरै विद्यार्थीलाई एकै साथ शैक्षिक सामाग्री वितरण भएकोमा स्थानीय अभिभावक तथा विद्यार्थी लाभान्वित भएको स्थानीय अगुवा बालकुमार कार्कीको भनाई छ ।
साथै जुनवेशी माविका कक्षा ७ सम्मका ६५ विद्यार्थीलाई झोला वितरण गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष शेर्पाले घरबाट स्कुल आउदा कपि किताव बोक्न मिल्ने झोला वितरण गर्नु भयो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक भरत नाछिरिङ राईले संस्थाको सहयोगले विद्यालयको शैक्षिक स्तर अभिबृद्धि गर्न महत्वपूर्ण टेवा पुगेको बताउनु भयो । सोलुच्याम संस्थाले जिल्लाको शैक्षिक क्षेत्रमा विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार