रत्न राज्यलक्ष्मी माविको हिरक महोत्सव

  प्रेम श्रेष्ठ
196 Shares

खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिण्डे स्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सब तथा हिरक महोत्सव विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । ”हामी सबैको सहभागिता, यस संस्थाको उत्तरोत्तर प्रगति तथा बृहतकोष स्थापना हाम्रो ऐक्यबद्धता” भन्ने मुल नाराका साथ फागुन ४ बाट महोत्सव गतेबाट सुरु भएको महोत्सव विभिन्न कार्यक्रम गर्दै आईतबार सम्पन्न भएको हो ।

फागुन ४ गते पहिलो दिन अन्तर मा.वि. स्तरीय हाजिरीजबाफ प्रतियोगिता, आ.वि.६– ८ हिज्जे प्रतियोगिता, एकल गायन साथै विविध साँस्कृतिक तथा साङ्गितिक कार्यक्रम गरिएको थियो । त्यसैगरी फागुन ५ र ६ गते रावाबेसी गाउँपालिका भित्रका वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, फागुन ७ गते रावाबेसी गाउँपालिका भित्रका सामुहिक खुल्ला नृत्य, अभिभावकहरुबीच लोकदोहोरी प्रतियोगिता गरिएको हो ।

कलाकारहरुको उपस्थितिमा साँस्कृतिक मनोरन्जनात्मक कार्यक्रम समेत भएका सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए । सांँस्कृतिक कार्यक्रममा सिङगिङ सपर स्टार राजेश राई र हास्य कलाकार सुलेमान शंकर ईकुको उपस्थिती रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीसेर राईको अध्यक्षतामा भएको कार्यक्रममा सांसद सरस्वती बजिमयको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको प्रधानाध्यापक चिरञ्जीवी निरौलाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार