थाइल्यान्डमा अन्तर्राष्ट्रीय गोल्ड अवार्डबाट सोलुखुम्बुका काफ्ले पुरस्कृत

  हिमाल समाचार
693 Shares

सोलुखुम्बु : सोेलुखुम्बुु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका ६ निवासीका यमुनाप्रसाद काफ्लेले गोल्ड अवार्ड प्राप्त गर्नु भएको छ । उहाँले यही असोज ३ गते थाइल्याण्डमा आयोजित थड वल्ड मिड अन्तराष्ट्रिय गोल्ड अवार्ड र वल्ड कराँते २०२३ च्याम्पियनसिपबाट गोल्डेन अवार्ड जित्न सफल हुनुभएको हो ।

४७ वर्षीय काफ्ले नेपाल सिन्दो काई—कान कराते संघका महासचिव तथा नेपाल चिफ जगतबहादुर धामीको नेतृत्वमा थाइल्याण्ड पुग्नु भएको थियो । उहाँ सहित नेपालका जगतबहादुर धामी, सबिन खड्का, बिरबहादुर कडायत समेतले अवार्ड प्राप्त गर्नु भएको छ । काफ्ले डिभिजन वन कार्यालय सोलुखुम्बुमा कार्यरत हुनुहुन्छ साथै मैदेल सामुदायिक वनको अध्यक्ष पनि हुनुहुन्छ ।
यस प्रतियोगितामा नेपालसहित ३२ टिमले सहभागिता जनाएका थिए । काफ्ले जुडो खेलबाट ८ औँ राष्ट्रिय खेलमा कास्यपदक विजेता हुनु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार