खोटाङको माक्पामा १८ लाख २० हजारमा बन्यो कभर्डहल, खेलाडी उत्साहित

सोलुखुम्बु – खोटाङको ऐसेलुखर्क गाउँपालिका ७ माक्पामा १८ लाख २० हजारको लागतमा निर्माण भएको कभर्ड हल सञ्चानमा आएको छ । गत आर्थिक वर्ष २०७९/८० मा वडाको सिलिङ बजेट मार्फत निर्माण गरिएको कभर्ड हल सञ्चालनमा आएको वडाअध्यक्ष अरुण राईले जानकारी दिनुभयो । व्याडमिन्टन खेलका लागि निर्माण गरिएको उक्त हलमा ५० देखि ६० जनासम्म दर्शक ...

सोलुमा प्रथम योङ्ग स्टार ब्याडमिन्टन प्रतियोगिता हुने

सोलुखुम्बु-योङ्ग स्टार क्लव सोलुखुम्बुले ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । क्लबले प्रदेश खेलकुद विकास बोर्ड र नेपाल व्याडमिन्टन संघको सहयोगमा यहि असार २० गतेदेखि प्रतियोगिता सञ्चालन गर्न लागेको आज मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । योङ्ग स्टार कभर्ड हल सोलुखुम्बुमा पहिलो पटक आयोजना गर्न ला...

सल्लेरीमा खुल्ला ब्याडमिण्टन प्रतियोगिता शूरु

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा खुल्ला ब्याडमिण्टन प्रतियोगिता शूरु भएको छ । सोलुखुम्बु जिल्ला ब्याडमिण्टन संघको आयोजनामा सल्लेरीको कबर्डहलमा शनिबार दिउसोबाट प्रतियोगिता शुरु भएको हो । ३ बिधामा गरि ४३ टिम सहभागि प्रतियोगिताको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धी माया तामाङले गर्नु भएको हो । वडा नम्बर ६...

युरोपमा हुने म्याराथनमा सहभागी हुन सोलुका धावक बस्नेत र शेर्पा फ्रान्स जाँदै

सोलुखुम्बु - सोलुखुम्बुका दुई जना धावकले आगामी असार १ गतेबाट युरोपमा हुने म्याराथन(रेस)मा सहभागिता जनाउने भएका छन् । द स्मल वल्र्ड (टिएसडब्लु)ले आयोजना गरेको सोलुखुम्बु ट्रेल रेसमा प्रथम भएका एक महिला र एक पुरुष गरी दुई जना धावक फ्रान्समा हुने म्याराथनमा सहभागी हुन त्यसतर्फ जाने भएका हुन् । जुन १६ तरिखबाट सुरु हुने ४ ...

एभरेष्ट म्याराथनको उपाधि सुमनलाई

प्रकृति राई, सोलुखुम्बु - विश्वको अग्लो स्थानमा सञ्चालित एभरेष्ट म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बु महाकुलुङ सुमन कुलुङले जितेका छन् । सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किलोमिरको निर्धारित दुरी ३ घण्टा ४८ मिनेट ५४ सेकेन्डमा पार गर्दै सुमन वजेता बनेका हुन् । त्यस्तै सोही दुरी ३ घण्टा ५७ मिनेट ५३ सेकेन्डमा पुर...

कुभिण्डेमा सम्पन्न वडास्तरीय पुरुष भलिबलको उपाधि ज्यामिरेलाई

खोटाङको रावाबेसी गाउँपालिका वडा १ कुभिण्डेमा सम्पन्न वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ऐसेलुखर्क गाउँपालिका ६ ज्यामिरेले जितेको छ । कुभिण्डे खेलकुद विकास समितिको आयोजनामा आईतबार सम्पन्न प्रतियोगितामा रावाबेसी गाउँपालिका ६ हौंचुर द्वितीय र रावा बेसी गाउँपालिका ४ डुम्रेधारापानी तृतीय भएको सहकर्मी प्रेम श्रेष्ठले ...

चौथो नेचासल्यान गोल्डकपको उपाधि प्रकृति मारुनी क्लबलाई

सोलुखुम्बुको नेचासल्यानमा जारी चौथो नेचासल्यान गोल्डकपको उपाधि प्रकृति मारुनी क्लब सल्यानले जितेको छ । आज सोमबार भएको फाईनल खेलमा गेटस मनि चर्ज नेचाबतासेलाई ३–१ ले पराजित गर्दै प्रकृति मारुनी क्लवले उपाधि जितेको हो । प्रतियोगितमा साझा कल्याण कोष नेचा र रिप्जुङ एकता समाज खोटाङ सान्त्वना भएका छन् । गोल्डकप बिजेताले २ ...

सोलुखुम्बुमा अन्तराष्ट्रिय साइकल दौड प्रतियोगिता (फोटोफिचर)

सोलुखुम्बु— सोलुखुम्बुमा सम्पन्न अन्तराष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ राजेश मगर र महिला तर्फ निश्मा श्रेष्ठले जितेका छन । आइतबार फाप्लुमा सम्पन्न इन्डुरो रात्नागे अन्तराष्ट्रिय साइकल दौड प्रतियोगितामा मगरले निर्धारित १३ किलोमिटर दुरी २७ मिनेट २९ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल हरेका हुन । ...

चौथो नेचासल्यान गोल्डकप सुरु

सोलुखुुम्बु– चौथो नेचासल्यान गोल्डकप सूुरु भएको छ । नेचासल्यान गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ लाहुुरेचौरमा आयोजना गरिएको गोल्डकपको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बलहादुर केसीले उद्घाटन गरेका हुन् । गोल्डकपको उद्घाटन गर्दै पुर्वमन्त्री केसीले खेलकुदको विकासका लागि सरकारले लगानी गर्न आवश्यक रहेको ब...

खोटाङको बराहपोखरीमा पुरुष फुटवल प्रतियोगिता सुरु

सोलुखुम्बु–खोटाङको बराहपोखरी गाउँपालिकामा साविक अन्तर वडा स्तरीय खुल्ला पुरुष फुटबल छनौट प्रतियोगिता सुरु भएको छ । बराहपोखरी गाउँपालिकाको पहिचान खेलकुदको अभियान भन्ने नारासहित सुरु भएको प्रतियोगिताको आज विहिबार गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले उद्घाटन गरे । वडा नम्बर १ स्थित शंखेश्वरी माविको प्रांगणमा सुरु भएको ख...