सोलुखुम्बु – सोलुखुम्बुमा निर्माण गर्न लागिएको २७.९ मेगावाटको मध्य इङ्खुखोला जलविद्युत आयोजनाले सार्वजनिक सुनुवाई गर्ने भएको छ ।
जिल्लाको माप्यदुधकोशी गाउँपालिका ७ र सोताङ गाउँपालिका २ मा निर्माण हुन लागेको आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (EIA)का लागि सोताङमा आगामी शुक्रबार सार्वजनिक सुनवाई गरिने भएको हो ।
सोताङ गाउँपालिका २ को वडा कार्यालयमा हुने कार्यक्रममा आयोजनाले पार्न सक्ने प्रभाव र स्थानीयको माग लगायतको विषय समेटिने जनाइएको छ ।
आयोजनाले माप्यदुधकोशी गाउँपालिका ७ मा यस अघि नै सार्वजनिक सुनुवाई गरिसकेको विद्युत विकास विभाग काठामाण्डौँले जनाएको छ ।