सोलुखुम्बुमा कुकुर आतंक बढ्यो, एकै वर्ष ३०० बढी व्यक्ति घाइते

  हिमाल समाचार
49 Shares

सोलुखुम्बु – पर्यटकीय जिल्ला सोलुखुम्बुमा एकै वर्ष तीन सय जना भन्दा धेरैलाई कुकुरले टोकेर घाइते बनाएको छ । वि.स. २०८० साल भित्र जिल्लाको विभिन्न स्थानमा गरी ३०३ जना व्यक्तिलाई कुकुरले टोकेर घाइते बनाएको सरकारी तथ्यांक छ ।

एक वर्षमा ९८ जना घाइतेले जिल्ला अस्पताल फाप्लुबाट रेबिच विरुद्धको खोप लगाएको अस्पतालका सूचना अधिकारी सानी शेर्पाले जानकारी दिनुभयो । थुलुङ दुधकोशी गाउँपालिकाको विभिन्न स्वास्थ्य संस्थाहरुबाट १०० जना भन्दा बढीले एक वर्षमा खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

सोही अवधिमा प्राथमिक अस्पताल नेचासल्यानबाट ५५ जनाले, सोताङमा २५ र खुम्बु पासाङ ल्हामुमा २५ जनाले रेबिच विरुद्धको खोप लगाएको सम्बन्धित पालिकाले जनाएको छ । कुकुर आतंक बढेसँगै खुम्बु पासाङ ल्हामु गाउँपालिकाले वडाको हरेक स्वास्थ्य चौकीमा रेबिच विरुद्धको खोप निशुल्क व्यवस्था गरेको पालिका स्वास्थ्य शाखा प्रमुख अर्थिमाया तामाङले जानकारी दिनुभयो ।

जिल्लाको महाकुलुङ अस्पतालमा भ्याक्सिन नलाइने भएकाले सो क्षेत्रका नागरिकहरुले पनि सोताङ नै पुगेर खोप लगाउने गरेको प्राथमिक अस्पताल सोताङका सिनियर अनमी टशी शेर्पाले बताउनुभयो ।

अधिकांश सामुदायिक कुकुरको टोकाइबाट घाइते भएका छन् भने केही मात्रामा घर पालुवा कुकुरले समेत टोकेर घाइते बनाएको स्वास्थयकर्मीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार