सोलुखुम्बु : लाखौ रकम सहित एक यूवा पक्राउ

  हिमाल समाचार
5k Shares

सोलुखुम्बु – सोलुखुम्बुको लोखिमबाट ८ लाख भन्दा बढि नगद सहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका १९ वर्षिय निरकुमार राईलाई ८ लाख ७ हजार ५ सय नगद सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मंसिर १० गते लोखिमका खुम्बुधन राई र उनकी श्रीमती गोठमा गएको र घरमा छोराछोरी मात्रै भएको समयमा दराज फोरेर ९ लाख ३५ हजार रुपैँया चोरी भएको थियो ।

सो घटनामा स्थानीय निर कुमारलाई सुकेपोखरी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

बरामद गरिएको पैसा निर कुमारले घर नजिकै खाल्डो खनेर गाडेका थिए । घटनाबारे अनुसन्धान शुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार