राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पक्की पुल उदघाटन

पुलको लम्बाई ८६० मिटर,चौडाइ साढे १० मिटर

  हिमाल समाचार
42 Shares

दाङ-प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ देउखुरीको राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पक्की पुल उदघाटन गरेका छन् । नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर,चौडाइ साढे १० मिटर छ । उक्त पुल करिब एक अर्बको लागतमा निर्माण गरिएको हो ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा नेकपा ओली समूहका नेता, पत्रकार, सुरक्षाकर्मी र निर्माण कम्पनीका प्रतिनिधिहरुमात्र सहभागी थिए ।

त्यसो त महदेवा र सिसहनिया गाउँका कांग्रेस तथा पूर्वमाओवादी समर्थक गाउँलेले यसअघि नै ओलीले पुल उदघाटन गर्ने कार्यक्रममा नजाने निर्णय गरेका थिए ।

पुल उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले सरकारले संविधानको रक्षा र विकासलाई प्राथमिकता दिएको बताए । त्यसको उदाहरण यही पुल भएको उनले बताए ।

नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ । राप्ती र गेरुवा दुवै पुल एएनके लुम्बिनी वाइपी जेभीले पूर्वनिर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार