नेचामा अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन

सोलुखुम्बु- नेचासल्यान गाउँपालिका शिक्षा शाखाको आयोजनामा अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको छ ।

विद्यालयको शैक्षिक स्तर मापनका लागि आयोजित प्रतियोगितामा महेन्द्रोदय मावि प्रथम, हिमाल दर्शन मावि द्धितीय, केदार मावि तृतीय र गणेशस्थान मावि सान्त्वना भएका छन् । विजेता विद्यालयलाई क्रमश ः ५ हजार, ४ हजार, ३ हजार र २ हजारको साथमा शैक्षिक सामाग्री र प्रशंसा पत्र समेत प्रदान गरिएको छ ।

प्रतियोगिताको समापनमा बोल्दै नेचासल्यान गाउँपालिका उपाध्यक्ष कुमारी देवी शर्माले शिक्षा शाखाले नयाँ ढगले गराएको हाजिरीजवाफ प्रतियोगितालाई निरन्तरता दिन सके शैक्षिक गुणस्तर कायम गर्न सकिने बताईन् । प्रतियोगिताको सहजिकरण मावधमणी ढुंगाना, प्राविधिक सहायक नारायण गोपाल ढकाल र अन्य शिक्षकले गरेका थिए ।

गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवम वडा नम्बर ५ का वडाध्यक्ष राजनकुमार राइको अध्यक्षतमा भएको कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत युवराज पोखरेल, हिमाल दर्शन माविका प्रध्यानाध्यापक अशोक कुमार शर्मा, लगायतको उपस्थिती रहेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार