नेचाका ३१७ ज्येष्ठ नागरिक सम्मानित

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ का ३१७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

वडा नम्बर ३ को आर्थिक सहयोग तथा ज्येष्ठ नागरिक सञ्जाल नेचासल्यान गाउँपालिका ३ को आयोजनामा वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

८५ वर्ष माथिका ३३ जना ज्येष्ठ नागरिकलाई उनिको टोपी ओडाएर सम्मान गरिनुका साथै अन्यलाई हर्लिक्स वितरण गरिएको छ ।

जेष्ठ नागरिक सञ्जाल नेचासल्यानगाउँपालिका ३ का अध्यक्ष लक्ष्मि प्रसाद भट्टराईको अध्यक्षता तथा वडाध्यक्ष धर्मध्वज खत्रिको प्रमुख आतिथ्यतामा भएको कायक्रममा स्थानियको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार