सकियो ऐतिहासिक प्रथम पिके चौरी महोत्सव, १५ सय बढीले गरे अवलोकन

  हिमाल समाचार
525 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा २ दिनदेखि जारी ऐतिहासिक प्रथम पिके चौरी महोत्सव सकिएको छ । जिल्लाको लिखुपिके गाउँपालिका– १ पिके बेस क्याम्पमा गत मंगलवारबाट महोत्सव सुरु भएको महोत्सव बुधबार हो ।

याक तथा चौरी व्यवसायी संघले आयोजना गरेको उक्त महोत्सवको १५ सय जना भन्दा बढीले प्रत्यक्ष अवलोकन गरेको आयोजकले जनाएको छ । जसमा चौरी पालन व्यवसायी, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न कार्यालयका कर्मचारीहरु, स्वदेशी तथा विदेशी पर्यटकहरु रहेको याक तथा चौरी व्यवसायी संघका जिल्ला अध्यक्ष थुतोप दोर्जे शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा याक नृत्य, मौलिक शेर्पा झाँकी सेब्रु, सिलि नाँच लगायतका नृत्यहरु प्र्रस्तुत गरिएको थियो । साथै चौरी कृषकलाई सम्मान ‘प्रोजेक्स द याक, सेभ दल हिमालय’ चौरी र जलवायु सम्बन्धी अन्तरक्रिया पनि गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

चौरीपालन हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको पुख्र्यौली पेशा हो । तर, केही दशकयता युवा पुस्ताको विदेश मोह बढ्दै गएपछि चौरीपालन घट्दो क्रममा रहेको छ ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकाससँगै आफ्नै गाउँ ठाउँमा आत्मनिर्भर बन्न सकिने उदेश्यका साथ चौरी महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । पिके क्षेत्रमा बसोबास् गर्ने शेर्पा समुदायले हरेक वर्ष जनैपूर्णिमाको समयमा पिकेमा यज्र्याङ अर्थात् कुलपूजा गर्छन् ।

उनीहरूले याकलाई कुलदेवताको रूपमा पुज्ने गर्दछ । त्यसकारण पिके क्षेत्र पर्यटकीय हिसाबले मात्र नभएर धार्मिक रूपमा पनि उत्तिकै महत्वपूर्ण रहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार