पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको नि’धन

काठमाडौँ- नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको नि’धन भयो । वि.स. २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभाका सदस्य रहेका उप्रेतीको शनिबार राति काठमाडौमा नि’धन भएको हो ।

उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक–पटक जेल नेल भोगेका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा वि.सं. २०१८ सालमा कैलालीको धनगढीबाट सेवा शुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० बर्षको अवधिमा लाखौं जनाको उपचार गरेका थिए ।

आर्थिक रुपले सामान्य स्थितिमा रहेका जो कोहि नागरिकले उनीबाट निःशुल्क उपचार पाएका थिए । प्रसिद्ध साहित्यकार प्रा.डा. सञ्जिव उप्रेतीका पिता डा. शंकरप्रसाद उप्रेतीको निधनप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

देउवाले भनेका छन्, ‘उहाँको नि’धनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ ।’

उप्रेतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आ’त्माको चि’र शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सभापति देउवाले गहिरो समवेदना प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार