पकेटमार दुई युवती प्रहरीको फन्दामा

  हिमाल समाचार
805 Shares

काठमाडौं- प्रहरीले काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई महिला पाकेटमारलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काकाे नेतृत्वको टाेलीले काठमाडौँ, गोंगबु-११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेतीलाई नियन्त्रणमा लिएको हो ।

खड्काका अनुसार उनीहरूले विगत लामो समयदेखि विभिन्न गिरोहमा संलग्न भएर चाेरी गर्ने, पकेट मार्ने तथा ठग्ने काम गर्दै आएका थिए । उनीहरुलाई पकेट मार्दै गरेको अवस्थामा पक्राउ गरिएकाे हाे । उनीहरूकाे साथबाट ३४ हजार ५५० रूपैयाँ बरामद गरिएकाे छ ।

डिएसपी बाेहाेराका अनुसार उनीहरू कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाएर पकेट मार्ने गरेको अनुसन्धानबाट खुलेकाे छ । उनिहरूलाई प्रहरी म्याद थप गरि महानगरीय प्रहरी वृत्त कालीमाटी राखिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार