सवारी कारबाहीबाट सोलुखुम्बुमा अहिले सम्मकै बढि राजस्व संकलन

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु – सवारी कारबाहीबाट सोलुखुम्बुमा अहिले सम्मकै बढि राजस्व संकलन गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालयले फागुन महिनामा चालु आर्थिक वर्ष २०७७–७८ कै सबैभन्दा बढि राजस्व संकलन गरेको छ । साना ठूला २९९ सवारी कारबाहीबाट ट्राफिक प्रहरीले २ लाख १ हजार ५ सय रुपैँया राजस्व स्ांकलन गरेको ट्राफिक प्रहरी प्रमुख कृष्ण कटवालले जानकारी दिए ।

३३ वटा ट्रक कारबाहीबाट २० हजार ५ सय, १३ ट्रिपर कारबाहीबाट ८ हजार, ६ वटा बस कारबाहीबाट ३ हजार, एक सय जिपबाट ५६ हजार, १२ वटा ट्याक्टरबाट ८ हजार ५ सय, ११२ वटा मोटरसाईकलबाट ८६ हजार, २३ वटा अटोरिक्साबाट १९ हजार ५ सय राजस्व संकलन गरिएकको हो ।

प्रहरीले साउन महिनामा १४२ सवारी कारबाहीबाट ९२ हजार ५ सय, भदौमा ११७ सवारी कारबाहीबाट ७७ हजार ५ सय, असोजमा २१६ सवारीबाट १ लाख ५० हजार ५ सय, कार्तिक महिनामा १८२ सवारीबाट १ लाख २५ हजार, मंसिरमा २५० सवारीबाट १ लाख ६६ हजार ५ सय, पुष महिनामा २७१ सवारी कारबाहीबाट १ लाख ७२ हजार, माघ महिनामा ३०८ सवारी साधनबाट १ लाख ९९ हजार ५ सय राजस्व संकलन गरेको थियो ।

चालकले लाईसेन्स नबोकेका, रुट अनुसार सञ्चालन नगरिएको, क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको सवारी कारबाहीमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार