माथिल्लो सोलु हाईड्रोपावरको स्थलगत अध्ययन

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – माथिल्लो सोलु हाईड्रोपावरको स्थलगत अध्ययन पछि उर्जा मन्त्रालयको टोली काठमाण्डौ फर्किएको छ । २०७५ सालमा २३.५ मेगावाट क्षमताको माथिल्लो सोलु हाईड्रोपावर विरुद्ध माथिल्लो साल्मेबासीले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

स्थानियले हाईड्रोपावरका कारण असुरक्षित भएको भन्दै सर्वोच्वमा मुद्धा दर्ता गरेपछि उर्जा मन्त्रालयका सहसचिव राम गोपाल खर्बुजाको नेतृत्वमा ७ सदस्यिय अध्ययन टोली सोलुखुम्बु आएको थियो ।

दुई दिनको स्थलगत अध्ययन पछि आज मन्त्रालयको टोलि काठमाण्डौ फर्किएको हाईड्रोपावरले जनाएको छ ।

आयोजनाको पावरहाउस लगायतको स्थलगत अध्ययन पछि टोली काठमाण्डौ फर्किएको हाईड्रोपापरका जनसम्पर्क अधिकृत बद्रीमान श्रेष्ठले बताए । प्रभाबित स्थानियले सर्बोच्चमा रिट दायर गरेपछी सर्बोच्च अदालतले बिज्ञ सहितको टोली अध्ययनका लागि सोलुखुम्बु पठाएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार