ग्रासरुटको फुटबल प्रशिक्षणका लागि हलेसी तुवाचुङ नगर र एन्फाबीच सम्झौता

  हिमाल समाचार
42 Shares

खोटाङ- ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता गरेको छ । ११ वडा रहेको नगरपालिकाभित्रका विद्यालयमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिकाले एन्फासँग चार बुँदे सहमती गरेको हो ।

फुटबलको व्यवसायीक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ एन्फाको रणनितिक योजना अनुसार विद्यालयमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । आर्थिक वर्ष २०७६÷०७७ देखि प्रशिक्षक नियुक्ती गरेर फुटबल र सितोरियो करातेको प्रशिक्षण सञ्चालन गरिरहेको नगरपालिकाले पुःन विद्यालय–विद्यालयमै ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको हो ।

खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीता उद्घाटनका लागि खोटाङको एन्फा अध्यक्ष शेर्पासँग नगरपालिकाले ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सहमती गरेको हो ।

सहमति–पत्रमा नगरपालिकाले नगरभित्र फुटबलको पुर्वाधारको विकास तथा निर्माण गर्नका लागि बजेटको व्यवस्था गरी नगरभित्रका खेल शिक्षक र छात्र÷छात्रालाई प्रशिक्षणको वातावरण सिर्जना गर्ने, एन्फाले खेलकुद सामग्री र प्राविधिक सहयोग तथा अन्य कार्यक्रमको लागि वातावरण सिर्जना गर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार