त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई सरकारले चार–चार लाख रुपैयाँ दिने

  हिमाल समाचार
70 Shares

काठमाडौं- सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले फुटबल खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।

नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्दै नेपाललाई विजयी गराएका थिए । ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको नेपालले पाँच हजार डलर पुरस्कार समेत प्राप्त गरेको थियो ।

यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ । सो प्रतियोगिताको लिग चरणमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

फाइनलमा भने नेपालले २–१ को जित निकालेको थियो । नेपाल र बंगलादेशको फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला गएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार