आइतवार पनि वार्ता जारी, मिल्ला त एमाले विवाद ?

  हिमाल समाचार
35 Shares

काठमाडौ- नेकपा एमालेमा देखिएको विवाद मिलाउन भन्दै जारी वार्ता आइतवार पनि सुरु भएको छ ।

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार पनि भेटवार्ता सुरु भएको छ।

उनीहरु वार्ताका लागि सिंहदरवार पुगेका हुन् । सो भेटमा पार्टीका आन्तरिक विवाद समाधानका लागि कार्यदल बनाउने निर्णय हुनसक्ने बताइएको छ।

शुक्रबार ओली पक्ष र नेपाल समूहका नेताहरुबीच सिंहदरबारमा लामो छलफल भएको थियो।

सो छलफलमा पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थाबाट क्रियाशील बनाउन ओली तयार भएका थिए भने त्यसका लागि विस्तृतरुपमा अध्ययन गरी प्रतिवेदन बुझाउनका लागि कार्यदल बनाउने सहमति भएको थियो।

सोहि बैठकले कार्यदलका सदस्यहरुको चयन गर्ने जिम्मेवारी ओली र नेपाललाई दिएको थियो।

नेपाल पक्षका नेताहरुले शुक्रवारको वार्तामा रामबहादुर थापा बादललाई पनि सहभागी बनाएको भन्दै विरोध गरेका थिए ।

उनीहरुले पार्टीलाई जेठ २ कै अवस्थामा लैजानुपर्ने माग आफहरुको भएकाले वादललाई सहभागी गराउन नहुने तर्क राखेका हुन् ।

आजको वार्ता ओली र नेपालबीच वान टु वान भएको बताइएको छ । उनीहरु दुई जना मात्र वार्तामासहभागी भएका छन् । कार्यदलको जिम्मा दुई नेतालाई दिइएका कारण दुई नेता मात्र सहभागी भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार