एमाले विवाद समाधान कार्यदलमा काे काे छन्?

  हिमाल समाचार
63 Shares

काठमाडाैँ- नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्य रहेको कार्यदल गठन गरिएकाे छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार भएकाे भेटवार्तामा १० सदस्यीय कार्यदल बनाउने सहमति भएकाे हाे। कार्यदलमा दुवै पक्षका ५–५ जना सदस्य रहने निर्णय भएकाे नेता नेपालले जानकारी दिए।

कार्यदलमा ओली पक्षबाट- सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।

नेपाल पक्षबाट- भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन्।

कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएकाे भएपनि आवश्यकता अनुसार थप्न सकिने नेता नेपालले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार