काँगेलका शताब्दी पुरुष बस्नेतलाई पुर्वराष्ट्रपतिद्वारा अभिनन्दन

  हिमाल समाचार
350 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेलका शताब्दी पुरुष गणेश बहादुर बस्नेतलाई पुर्व राष्ट्रपतिबाट अभिनन्दन गरिएको छ । १०१ वर्षीय बस्नेतलाई आज काठमाण्डौँमा एक कार्यक्रमका बिच गणतन्त्र नेपालका संस्थापक राष्ट्रपति डा. रामबरण यादवको हातबाट अभिनन्दन गरिएको हो ।

काठमाण्डौँको गौशलामा काँगेल–बाउण्डी सरोकार समाजले आयोजना गरेको कार्यक्रममा बस्नेतलाई पुर्वराष्ट्रपति यादवबाट सम्मानपत्र र दोसल्ला ओडाई अभिनन्दन गरिएको कांग्रेस नेता नविन थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापा, पुर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बल बहादुर केसी, केन्द्रीय सदस्य तथा कांग्रेस पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पा, केन्द्रीय सदस्य तथा सांसद अम्बिका बस्नेत, नेकपा केन्द्रीय सदस्य तथा सांसद मानविर राई, कोशी प्रदेशसभा सदस्य बुद्धि कुमार राजभण्डारीको उपस्थिती थियो ।

यस्तै कोशी प्रदेशका पुर्वराज्यमन्त्री एवं एमाले नेता उत्तम कुमार बस्नेत, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर राई, नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश ‘ख’का सभापति कर्मा शेर्पा, सोलु कांग्रेसका पुर्वसभापति छत्रध्वज बस्नेत, हिमाल एफ.एम.का अध्यक्ष दावागेलु पाख्रिन, नेपाल सरकारका उच्च पदस्थ विभिन्न कर्मचारीहरु, नेता कार्यकर्ता, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

शताब्दी पुरुष बस्नेत लामो तत्कालिन पञ्चायन विकास अधिकारी(पिडिओ) भएर सरकारी सेवामा काम गर्नुभएको थियो । दुई पटक तत्कालिन काँगेल गाविस अध्यक्षमा निर्वाचित हुनुभएको भएका बस्नेत वि.स २०५७ र २०६७ सालमा गरी दुई पटक नेपाली कांग्रेस सोलुखुम्बुका उपसभापति समेत हुनुभएको थियो ।

काँगेल–बाउण्डी सरोकार सामाजका अध्यक्ष हुत्तराज बस्नेतको अध्यक्षता तथा गणतन्त्र नेपालका संस्थापक राष्ट्रपति डा. यादवको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पुगेका अधिकांशले शताब्दी पुरुष बस्नेतलाई खादा तथा दोसल्ला ओडाइ सम्मान गरेको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार