पेल्माङका ६० घरधुरीलाई विद्युतीय चुलो वितरण

  हिमाल समाचार
294 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ पेल्माङका ६० घरधुरीलार्ई एक/एक थान विद्युतीय चुलो वितरण गरिएको छ । पेल्माङ बिकासका लागि सहयोगी हातहरु नामक संस्थाले आज वडा कार्यालयमा एक कार्यक्रमका बिच चुलो वितरण गरेको हो ।

उनीहरुलाई बाल्ट्रा कम्पनीको ईन्डक्स विद्युतीय चुलो गरेको सहकर्मी झलक राईले जानकारी दिनुभयो । सोही संस्थाले आज पेल्माङ स्वास्थ्य चौकीलाई तीन लाख बराबरको कोरिएन थेरापी मेसिन समेत हस्तान्तरण गरेको वडा अध्यक्ष प्रदिप कुलुङले बताउनुभयो ।

मेसिन प्राप्त गरेसँगै मेरुदण्ड भाचिएको र गर्भवती बाहेकका थेरापी गर्न सहज हुने वडा कार्यालयको विश्वास छ । संस्थाले स्वास्थ्य शिक्षा लगायत अन्य क्षेत्रमा स्थापना कालदेखि नै सहयोग गर्दै आएको छ ।

पेल्माङ बिकासका लागि सहयोग हातहरु संस्थाका अध्यक्ष मछिन्द्र कुलुङको अध्यक्षतमा भएको उक्त कार्यक्रममा वडा २ जनप्रतिनिधिहरु जर्मनी नागरिकहरु र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार