विपदमा सुबाशको सन्देश ‘विश्व सारा’ (भिडियो)

  हिमाल समाचार
182 Shares

काठमाण्डौँ – गीतकार सुबाश जमरकट्टेलले विपदमा सामाजिक सन्देश सहितको गीत ‘विश्व सारा’ सार्वजनिक गरेका छन् ।

कोरोना महामारीले पिल्सिएको बेलामा विपदमा सहयोगी भावना जगाउने गरि यर्थाथपरक गीतको फुटेज भिडियो सार्वजनिक गरिएको छ । जमरकट्टेलको गीतमा विकास चौधरीले संगीत भरेका छन् । गीतमा विकास लिम्बुले स्वर दिएका छन् ।

गीतकार जमरकट्टेलले भने, ‘शब्दमा मानव जीवन र जगतकै यथार्थलाई उतार्ने कोशिस गरेको छु । गीतको भिडियो पनि हालको कोरोना भाइरसको डर, त्रास र भयबाट हतास र निरास नभई सहयोग र सेवाको बाटोमा जुट्न ऊर्जा दिने जमर्को गरेका छौ ।’

निषेधाज्ञाकै बीचमा लेखिएको गीत मिरा साउण्ड स्टुडियोमा रेकर्ड गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार