सोलुदुधकुण्डको विपद तयारी : ७५ वटा अक्सिजन सहित सिलिण्डरको जोहो

  हिमाल समाचार
896 Shares

सोलुखुम्बु – अधिकांश स्थानमा अक्सिजनको अभाव भईरहेका बेला सोलुदुधकुण्ड नगरपालिकाले ७५ वटा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरेको छ ।

नगरपालिकाले खरिद गरेर १५ वटा र बाँकी विभिन्न जलविद्युत आयोजनाबाट संकलन गरेर विराटनगरबाट अक्सिजन भरेर सोलुखुम्बु ल्याइएको छ । भरिएको अक्सिजन सिलिण्डर फाप्लु स्थित क्वारेन्टीन स्थलमा राखिएको छ ।

यसका अतिरिक्त ७ वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्नुका साथै २ वटा एम्बुलेन्सलाई विरामीको सेवाको लागि तयारी अवस्थामा राखिएको नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए ।

५० बेडको क्वारेन्टीन व्यवस्थापन गरेको नगरपालिकाले थप क्वारेन्टीन निर्माणको योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार