चिसंखुगढिमा सुमो दुर्घटना

  हिमाल समाचार
15.3k Shares

सोलुखुम्बु – सोलुखुम्बुबाट ओखलढुंगा जादै गरेको सुमो दुर्घटनामा परेको छ ।

नेचासल्यानबाट ओखलढुंगा जादै गरेको ना. १ ज. ६७१७ नम्बरको सुमो ओखलढुंगाको चिशंखुगढि गाउँपालिका ४ सिम्लेमा दुर्घटनामा परेको हो ।

गएराति दुर्घटनामा परेको सुमो सडकबाट करिब १० मिटर तल खसेको छ ।

दुर्घटनास्थलनै ठेगाना भएका चालक ३३ वर्षि वीरबहादुर राई घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बताएको छ । वायरिङको तार सर्ट भएर सुमो दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।

घाईतेको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । सुमोमा अन्य यात्रु नभएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार