निषेधाज्ञा छल्न गाउँ फर्केका विद्यार्थी मारमा

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु – ग्रामिण क्षेत्रमा इन्टरनेटको सहज पहुँच नहुँदा विद्यार्थीको पढाईमा प्रत्यक्ष असर पुगेको छ । कोरोना महामारीका कारण भएको निषेधाज्ञाका समयमा सहरमा पढ्ने अधिकाशं विद्यार्थी आफ्नो गाउँघर फर्केका छन् । उनीहरुको पढाई वैकल्पिक रुपमा अनलाइनबाट चलिरहेपनि गाउँमा बसेका विद्यार्थी भने इन्टरनेट नहुँदा पढ्नबाट बन्चित भएका हुन् ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका कतिपय विद्यार्थीपनि यस्तै समस्या झेलिरहेका छन् । काठमाडौँको पशुपति बहुमुखी क्याम्पसमा अध्ययन गर्ने लिखुपिके ५ रवि कार्कीले गाउँमा नेट नभएकाले आफ्नो पढाई छुटेकोमा चिन्तित हुनुहन्छ । कोरोना कहरले सहरमै बसीरहने स्थिति नभएपछि गाउँ फर्केका उनको पढाई चलिरहेपनि कक्षा लिन नसकेको बताउँछन् । यस्तै अर्का विद्यार्थी दिलिप कार्कीले स्थानीय सरकार भएपनि इन्टरनेट सेवा विस्तारका लागि आवश्यक पहलकदमी हुन नसकेको बताए ।

प्रविधिको युगमा इन्टरनेट नहुँदा विद्यार्थी सिकाईबाट बन्चित हुन परेको उनको भनाई छ । नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको भएपनि लिखुपिकेका नागरीकले अहिले पनि टुजी सेवा मात्र उपयोग गर्न पाएका छन् । लिखुपिके ५ छिरीङखर्कमा नेपाल टेलिकमको टावर समेत रहेको छ तर त्यहाँबाट टुजीको मात्र नेटवर्क आउने गरेको स्थानीय डेविन बस्नेतले बताए ।

बर्षातको समय सुरुभएसँगै घाम नलाग्दा सोलार चार्ज नहुने हुँदा नेपाल टेलिकमको टुजी नेटवर्क समेतले काम नगर्ने विद्यार्थीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार