सोलु वाकुका स्वास्थ्य चौकीलाई सामाग्री प्राप्त

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ६ र ७ वाकुका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

कोरोना महामारीका समयमा नेपाल वीदाउट लिमिट्सका संस्थापक जोआना र स्टेनेल र संचालक प्रसाद मगरद्वारा स्वास्थ्य सामाग्री प्राप्त भएको हो । मास्क हजार पिस, पिपिई सेट ७ पिस, फेल शिल्ड ४० थान, थर्मलगन १ थान, अक्सिमिटर २ थान, हयान्ड स्यानटिाईजर, ग्लोब्स भिटामिन स्वास्थ्य सामाग्री उपलब्ध गराईएको स्थानिय विभुषण राईले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बु महासमिति सदस्य भोजराज कार्की, ढाल बहादुर मगर, वडाध्यक्ष दिनेश राई लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार