पाटन संयुक्त क्याम्पसमा तोडफोड

  हिमाल समाचार
0 Shares

काठमाडौँ– पाटन संयुक्त क्याम्पसमा तीन विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विभिन्न माग राख्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड गरेका हुन् ।

विद्यार्थीहरुले कोरोना महामारीको समयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएकाले २०७६ सालको स्नातक तहको सबै संकायको शुल्क मिनाहा गर्नुपर्ने, २०७६ सालको छात्रवृत्ति वितरण गर्नुपर्ने, परीक्षा फारम भर्न छुटेका विद्यार्थीको फारम भर्न दिनुपर्ने, अनलाइन कक्षा प्रभावकारी बनाउनुपर्ने लगायतका माग राखेका छन् ।

साथै कक्षामा ४० जनाको दरले सेक्सन विभाजन गर्नुपर्ने, क्याम्पस परिसरमा उत्कृष्ट वाईफाई सुविधा दिनुपर्ने लगायतका माग उनिहरुले राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार