देउवाले पाँचाै पटक प्रधानमन्त्रीको शपथ लिँदै

  हिमाल समाचार
49 Shares

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिने भएका छन्।उनले  साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी चलिरहेकाे सचिवालयले जानकारी दिएको छ।सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्नुका साथै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियाे।

देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौ इनिङ हो ।देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौ इनिङ हो । देउवा २०५२ साल भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यसपछि २०५८ साउन ११, २०६१ जेठ २१ र २०७४ जेठ २४ मा देउवा प्रधानमन्त्री बनेका थिए ।

देउवाले आज सानाे आकारकाे मन्त्रीमण्डल पनि गठन गर्ने सम्भावना छ। सर्वोच्च अदालतको आदेशअनुसार आज (मंगलबार) प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसबाट एक, माओवादीबाट एक र जसपाबाट एकजनालाई मन्त्री बनाउने तयारी गरेका छन् ।

मन्त्रिपरिषद्कै गठनबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । पेरिसडाँडामा पार्टी बैठक सकेर दाहाल देउवालाई भेट्न पुगेका हुन् । मन्त्रिपरिषद्को संख्या र सदस्यबारे उनीहरूले टुंगो लगाउने एक माओवादी नेताले बताए ।

राष्ट्रपति कार्यालयले हिजै देउवालाई मंगलबार शपथ हुने जानकारी गराइसकेको छ । मंगलबार दिउँसो २ बजे कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । अदालतले मंगलबार ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भनी परमादेश जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार