कोरोना विरुद्धको खोप : सोलुका ९ हजार व्यक्ति दोस्रो डोजको पर्खाइमा

  हिमाल समाचार
91 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा कोरोना भाईरस विरुद्ध लगाइने खोपको पहिलो डोज लगाएको ७ महिना भईसक्दा पनि नागरिकले दोस्रो डोज पाएका छैनन् ।

२०७७ सालको माघ यता विभिन्न चरणमा कोभिशिल्ड खोप लगाएका ९ हजार नागरिकले साउन अन्तिम भईसक्दा पनि खोप पाउन नसकेको गुनासो गरेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार उनिहरुका लागि दोस्रो डोज खोप ल्याउने तयारी भईरहेको जनाएको छ ।

जिल्लामा पहिलो डोज खोप लगाएका ९ हजार ४२ जनाका लागि भदौ पहिलो हप्ता देखि अभियान सञ्चालन हुने जनाईएको छ ।

यसैबीच, जिल्लामा पछिल्लो पटक ७२ सय भेरोसेल र ४७ सय डोज जोन्सन एन जोन्सन खोप लगाईएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार