युवा राईको ‘मुलबाटो’ सार्वजनिक (भिडियो)

  हिमाल समाचार
245 Shares

काठमाडौं – कलाकार यूवा राईद्वारा लिखित ‘मुलबाटो’ सार्वजनिक गरिएको छ ।

६ बर्षदेखि हङकङ स्थित जोर्डन शहरमा बस्दै आएका गायक तथा गीतकार राईले पछिल्लो कृति ‘मुलबाटो’ ल्याएका हुन् । उनको स्वर र रचनामा यस अघि एक दर्जन गीत बजारमा छ । उनी प्रवासमा रहेर पनि साहित्य, संगीत र पत्रकारितामा सक्रिय छन् ।

सिक्किम्ली चेली सुदिता राईको स्वरमा सजित गीतमा गौतम सागर राईले संगीत दिएका छन् । गायिका राई ‘दी भ्वाईस अफ नेपाल – सिजन थ्रि’की प्रतिस्प्रर्धी हुन् भने संगीतकार राई पछिल्लो समयको डिमाण्डेट संगीतकार हुन् ।

हाम्रो आवाज न्यूज पोर्टलका प्रबन्ध निर्देशक समेत रहेका उनले पछिल्ला दुई महिनाको अवधिमा ४ वटा गीतमा संगीत दिईसकेका छन् । उनले यो गीत सहित ‘परदेशीको याद’, ‘नौलो परदेशी’, ‘सिमापारी’बोलको गीतमा संगीत दिएका छन् ।

गीतको एरेन्ज मनोज साङ्सोन राईले गरेका छन् भने मिक्सिङ राजु कार्कीले गरेका छन् । किङ स्टुडियोमा रेकर्ड भएको गीतमा सुरेश राईले रेकडिष्टको भूमिका निर्वाह गरेका छन् ।

गीतमा प्रेमीको वियोगमा प्रेमिकाको तर्फबाट काल्पनिक प्रेमिल भावना अभिव्यक्त गरिएको छ । गीतको लिप्सिङ भिडियो जस्केलो क्रियसनले निर्माण गरेको हो भने भिडियोलाई यूवा राईको अफिसियल यूटुवबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार