रावाबेसीमा राधाकृष्ण मन्दिरको शिलान्यास

  हिमाल समाचार
364 Shares

खोटाङ – रावाबेसी गाउँपालिकामा राधाकृष्ण मन्दिरको शिलान्यास गरिएको छ ।

वडा नम्बर ६ हौँचुर स्थित मन्दिरको कृष्ण जन्मअष्टमीको अवसरमा गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले शिलान्यास गरेका हुन् ।

मन्दिर निर्माणका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने अध्यक्ष निरौलाले बताए ।

मन्दिर निर्माणका लागि स्थानिय रघुबिर नेपालले ४ आना जग्गा निशुल्क दिएका छन् ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष यज्ञनारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार