सोलुखुम्बुमा सालनाल अड्कीएर सुत्केरीको मृ’त्यु

  हिमाल समाचार
1.9k Shares

सोलुखुम्बु – सालनाल अड्किएर एक सुत्केरी महिलाको मृ’त्यु भएको छ ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर २ की २५ वर्षिय चन्द्रकला राईको सोमबार विहान १ बजे मृ’त्यु भएको हो ।

आईतबार साँझ ५ः४२ बजेको समयमा खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ लुक्ला स्थित पासाङ ल्हामु निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी भएकी उनको मृ’त्यु भएको अस्पतालका डाक्टर अनेस केसीले जानकारी दिए ।

सालनाल अड्कीएपछि अत्याधिक र’क्त’श्राव भएको र रातको समयमा रेफर गर्न पनि समस्या भएकाले उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । चेकअपका लागि आईतबार विहान ११ बजे ति महिला अस्पतालमा पुगेकी थिईन् ।

बच्चा जन्मिने बेलासम्म स्वास्थ्य राम्रो भएपनि सुत्केरीपछि र’क्त’श्राव भएको थियो ।अहिले बच्चाको अवस्था सामान्य रहेको छ । राई परिवार खुम्बुमा बस्ने आएको मृ’त’कका श्रीमान रन्दिप राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार