बहु प्रतिक्षित गीत ‘रातो रुमाल’को छायांकन

काठमाण्डौँ – बहुप्रतिक्षित दोहोरी गीत ‘रातो रुमाल’को छायांकन सकिएको छ ।

हिमाल पंगेनीको प्रस्तुतिमा राजन कार्की यूटुव च्यानलबाट रिलिज गर्न लागिएको गीतमा शान्ति श्री परियार र सरोज सिग्देलको स्वर रेकर्ड गरिएको छ ।

जीवन सिग्देलको शब्दमा राजन कार्कीले भाका हालेका हुन् । वानडिविएचडि स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ एचविएन किस्मतले गरेका छन् ।

भिडियोको निर्देशन तथा कोरियोग्राफर मौसम हिमालीले गरेका छन् भने भिडियोमा अञ्जली अधिकारी, बब्बु थापा, सन्ध्या सिग्देल, ध्रुब हिमालीको अभिनय तथा नृत्य रहेको छ । गीतलाई यथासक्य छिटो रिलिज गर्ने तयारी गरिएको छ ।

सर्जक कार्कीको सृजना यूटुव ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ । प्रेमसागर पौडेलको परिकल्पना तथा शब्द लेखनमा तयार भएको गीतमा राजन कार्कीले भाका हालेका छन् ।

एकै परिवारका ६ जनाको हत्या गरिएको संखुवासभा घटनामा आधारित गीत ‘जति सम्झ्यो उति रुन्छ मन’यूटुवको शिर्ष दोस्रो स्थानमा छ । यो गीतले पहिलो स्थानको स्वाद पनि चाखिसकेको छ ।

सर्जक तथा गायक कार्कीका ‘पान खायो मायाले चुना हालेर’, ‘सुर्ती माडेर’, ‘चाडबाड’मा जस्ता सफल गीतहरु डिजिटल बजारमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार