नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश सभा ‘ख’ मा कर्मा शेर्पाको उम्मेदवारी घोषणा

  हिमाल समाचार
588 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश सभा ‘ख’ को सभापतिमा युवा नेता कर्मा शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीको १४ औँ जिल्ला अधिबेशनको क्रममा प्रदेश सभा अधिबेशनको पुर्व सन्ध्यामा उनले प्रदेश सभा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । हाल नेपाली कांग्रेसको बन तथा वातावरण विभागका केन्द्रिय सदस्य समेत रहेका शेर्पाले आफु प्रदेशको नेतृत्वका लागि योग्य र सक्षम भएकाले उम्मेदवारी घोषणा गरेको बताए ।

वडा अधिबेशनबाट आएका क्षेत्रीय प्रतिनिधिहरुको भावना पार्टी रुपान्तरण र नेतृत्व पुस्तान्तरणको रहेकाले आफुले उक्त एजेण्डाको प्रतिनिधित्व गर्न सक्ने शेर्पाको भनाई छ । द्वन्दकालमा तरुण दलबाट राजनितिको शुरुवात गरेका शेर्पाले तत्कालिन अवस्थामा काँग्रेस सोलुखुम्बुले अयोजना गरेको लोकजागरण अभियानबाट पार्टीमा सक्रियतापुर्वक भुमिका निर्वाह गर्न शुरुवात गरेका हुन् ।

२१ बर्ष अगाडी काँग्रेस क्रियाशिल सदस्यता लिएका शेर्पाले काँग्रेसको हरेका कार्यक्रम तथा सांगठनिक गतिविधिमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् । ४ वटा पालिका रहेको प्रदेश सभा ‘ख’ मा कमजोर रहेको काँग्रेसको संगठनलाई मजबुद बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको नेता शेर्पाको भनाई छ ।

आफु युवा क्षेत्रको प्रतिनिधि रहेपनि कांग्रेसको अग्रज पुस्तालाई समेटेर लैजाने क्षमता रहेको उनले बताए । समाज सेवामा समेत आबद्ध शेर्पाले राजनितिको मुल लक्ष्य पनि समाज सेवा नै भएको बताएका छन् ।

काँग्रेस नेता आङगेलु शेर्पाको समुहबाट उनले उम्मेदवारी घोषणा गरेका छन् भने कांग्रेस नेता बलबहादुर केसी समुहबाट पार्टी नेता प्रेमबहादुर थापा मगरले सोही पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार