मोडलिङमा रमेकी सोलुकी सत्यकला

सोलुखुम्बु – सोलुखुम्बुको चेली हुन्, सत्यकला लामा । उनको जन्म सोलुदुधकुण्ड नगरपालिका ३ बोल्दोकमा भएको हो । उनै लामा १३ बर्ष देखि नेपाली गीत संगीतमा अनवरत लागिरहेकी छिन् ।

गीत लेखनका साथै मोडलिङमा उनी व्यस्त छिन् । दर्जनौ गीतमा मोडलिङ गरेकी लामाले केही ठूलो पर्दाको चलचित्रमा पनि अभिनय गरेकी छिन् ।

पछिल्लो पटक उनी अभिनित एक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ‘यस्तो मोड आयो’बोलको गीतमा सत्यकलाले शब्द लेखेका छन् । विशाल काल्तनको स्वर र संगीत रहेको गीतमा एरेन्ज उर्गेन दोङले गरेका छन् ।

राम जी लामिछानेले निर्देशन गरेको भिडियोमा सत्यकलासंगै सुधिर श्रेष्ठ र सुरज पोखरेलले अभिनय गरेका छन् । गीतलाई एएमएस इन्टरटेनमेन्ट यूटुवबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार