गीतकार डा. सोलुको ‘किन लाग्यो इन्द्रेणी’सार्वजनिक (भिडियो)

  हिमाल समाचार
854 Shares

काठमाडौँ ।
किन लाग्यो इन्द्रेणी खै
किन प¥यो झरी
विरहको गीत गाउँदै
रुन्छिन् न्याउली चरी
आँसुको सागर नबगाउन
म हिँड्ने बाटो छेक्ला नि
यो जुनी यस्तै हुन रै’छ
अर्को जुनी भेटौला नी ।

गीतकार डा. रेणुका सोलुको यी मर्मस्पर्शी शब्दहरूमा आरसी थापाले संगीत भरे । गीतले गायक स्वरूपराज आचार्यले स्वर माग्यो । गीत रेकर्ड भयो । शुरुका तीन शब्द ‘किन लाग्यो इन्द्रेणी’ गीतको टाइटल बन्यो । अडियो तयार भएपछि बन्यो भिडियो निर्माणको योजना ।

उमेश पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा रक्षा थापा बस्नेत, अनुप न्यौपाने र बेदना राईले अभिनय गरेका छन् । मोडलिङमा सघर्षरत रक्षा गीतकार सोलुकी छोरी हुन् । गीतमा फणिन्द्र राईको छ । सोही गीतको शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र वरिष्ठ नाट्यकर्मी अशेष मल्लले गीतको सार्वजनिक गरेका हुन् । गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

काठमाण्डौँ स्थित मेगा कलेजको सभा हलमा गीत सार्वजनिक पछि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र वरिष्ठ व्यक्तित्व अशेष मल्लले रक्षा भित्रको अभिनय क्षमताको प्रशंसा गरे ।

अध्यक्ष खत्रीले भनिन्, ‘नयाँ पुस्ताको प्रगतिमा निकै खुसी हुन्छु । नयाँ भाईवहिनीहरुलाई सधैँ अघि बढाउने पक्षमा छु । नयाँ टीमको कामले मलाई लोभ्याएको छ ।’
वरिष्ठ नाट्यकर्मी मल्लले रक्षाहरु जस्ता नारीहरु शसक्त रुपमा कला क्षेत्रमा आउनु सुखद भएको बताए । उनले भने, ‘घर भ्याएर बाहिर भ्याउनु सजिलो छैन् । तर पनि समयअनुसार अघि बढ्न सक्नु महिलाको अर्को क्षमता हो ।’

कार्यक्रममा दोलखा जापान सेवा समाजका निवर्तमान अध्यक्ष नवराज थापा, डेमोक्रेटिक सोसाइटी कीर्तिपुरका अध्यक्ष बलबहादुर थापा, अन्तराष्ट्रिय नेपाली कलाकार समाजका कोषाध्यक्ष कुलराज थापा, समाजसेवी अनन्ता थापा, सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशवदेव गिरी, गायक तिलक बस्नेत, कलाकार प्रकाश बस्नेत, सञ्चारकर्मी शिखर गजारकोटे, धनवल राई, मोडल रक्षा थापा बस्नेत, अंकित खड्का, अनुप न्यौपाने, निर्देशक उमेश पोखरेल, चे शंकर, पुरन ओली, मिलन कार्की, अविषेक चित्रकार, आयुष कार्की लगायतको उपस्थिति थियो ।

यसरी जन्म्यो गीत
एउटा समय थियो, बाँचेकाहरू आफैँलाई अनुत्तरित प्रश्न गरिरहन्थे— मरिन्छ कि ? कारण थियो कोरोना भाइरसबाट हुने कोभिड १९ । त्रासमा परेका कतिपय मनमा विपत्ति पनि आइलाग्यो । सहन सक्नेले सजिलै सहे, सहन नसक्नेले पनि सहे । त्यसो त विपत्तिमा ‘सहनु’ को विकल्प नै पनि कहाँ थियो र ?

उही अप्रसन्न समय दौडिँदै थियो । उही समयको घानमा साहित्यकार डा. रेणुका सोलुकी साथी पनि परिन् । उनको श्रीमान् कोभिडकै कारण बिते । परिस्थिति यस्तो थियो कि, रेणुकाकी साथी श्रीमानको अन्त्येष्टिमासम्म जान सकिनन् । भनौँ— समय नै उस्तै थियो, चाहेर पनि जान नसकिने अवस्था थियो ।

उसै त साहित्यकारहरू आफ्नो अरुको भोगाईमा सृजना गर्न खप्पिस हुन्छन् । रेणुकाले साथीको पीडामा भिजेर शब्द लेखिन् । जुनले गीतको रुप धारण गर्न पुग्यो ।

त्यसो त, गीतकार तथा साहित्यकार रेणुकाको पहिलो सृजना होइन् । उनले तीन बर्ष अघि ‘सोलुखुम्बु आउनु है हजुर’गीत तयार पारेर मातृभूमि प्रतिको सर्मपण व्यक्त गरे । जिल्लाबासीको माया बटुले । त्यस बाहेक केही आधुनिक संगीतमा गीत लेखेकी छिन् ।

उता, मोडल रक्षा पनि एक पछि अर्को गीतमा दर्शक माझ प्रस्तुत भएकी छिन् । ‘म बाँच्नुको’, ‘धेरैपछि’, ‘सुनबुकी फूल’लगायतका गीतमा आफ्नो शसक्त अभिनय कला देखाईसकेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार