खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले शुक्रबार (भोली) एक दिन सार्वजनिक बिदा दिने भएको छ ।
बालाचतुर्दशीकाको अवसरमा भोली हलेसी तुवाचुङ ७ स्थीत त्रिधार्मिक तपोभूमी हलेसीमा बृहत मेला लाग्ने भएको हुँला नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको हो ।
कोरोनाका कारण दुई बर्ष यता लाग्न नसकेको मेला यो बर्ष भब्यताका साथ लगाउने तयारी गरिएको छ । धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न भक्तजन आउने गरेका छन् ।