छात्रावास शिलान्यास

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिका स्थित विरेन्द्रज्योति माध्यामिक विद्यालयको छात्रबास भवनको शिलान्यास गरिएको छ ।

दुर्गम भेगका विद्यार्थीका लागि हिमालयन ट्रष्ट नेपाल र सोताङ गाउँपालिकाको संयुक्त लगानीमा निर्माण हुने २४ कोठे सुविधासम्पन्न छात्रावास भवनको शिलान्यास गरिएको हो । सोताङ गाउँपालिकाका कार्यावहाक अध्यक्ष लक्ष्मी कार्की बस्नेत र हिमालयन ट्रष्ट नेपालका अध्यक्ष पासाङ दावा शेर्पाले भवनको शिलान्यास गरेका हुन् ।

भवन निर्माणमा सोताङ गाउँपालिकाको ४० प्रतिशत र हिमालयन ट्रष्ट नेपालको ६० प्रतिशत लगानी साझेदारी हुनेछ । २ करोड २५ लाखको लागतमा भवन निर्माण हुने हिमालयन ट्रष्टले जनाएको छ ।

छात्रावास निर्माणपछि विकट गाउँबाट अध्ययनका लागि आउने विपन्न तथा अभिभावकविहिन विद्यार्थीहरुले सुविधा पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार