साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टाेलीलाई नगद सहित सम्मान

  हिमाल समाचार
7 Shares

​काठमाडौं- १३ औ संस्करणको साफ च्याम्पियनसिपको  उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले साफका २३ सदस्यीय नेपाली टोली र अफिसियललाई सम्मान गरेका हुन् ।

साफको इतिहासमा २८ वर्षपछि पहिलोपटक फाइनल पुगेसँगै नेपाल सरकारले खेलाडीलाई जनही पाँच लाख दिने घोषणा गरेको थियो । सरकारले पूर्वघोषणाअनुसार नै प्रधानमन्त्री कार्यलयमा खेलाडी, प्रशिक्षक र अफिसियललाई क्रमशः पाँच लाख र तीन लाख नगद दिएको हो ।

नेपाली राष्ट्रिय फुटबल टोलीमा किरण चेम्जोङ (कप्तान), अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरजज्यु ठकुरी, नितीन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी, कमल थापा रहेका थिए ।

माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।

फाेटाे एन्फाकाे फेसबुक पेजबाट साभार 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार